Incident Reports

सुतली बम बिस्फोट गराएको आरोपमा ५ पक्राउ

2015-08-26

विराटनगरस्थित भारतीय दुतावासको क्याम्प कार्यालय अगाडि मंगलबार राति सुतली बम बिस्फोट गराएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । विराटनगर रानी सडक खण्ड अन्तरगत रहेको क्याम्प कार्यालय अगाडि आशिका होटेलछेउमा सुतली बम बिस्फोट गराइएको थियो । विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले एक महिलासहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता प्रहरी निरिक्षक ढुण्डीराज न्यौपानेका अनुसार पक्राउ पर्नेहरूमा विनय मण्डल, नित्यानन्द मण्डल, प्रकास यादव, दीपेन्द्र कार्की र रमा कार्की छन् । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको न्यौपानेले बताए । यसैबीच प्रहरीले सवारी साधन संचालनमा अवरोध गर्न खोजेको आरोपमा मंगलबार सुनसरीको दुहबीबाट पक्राउ गरेका १५ जनालाई आज छोडेको छ । पक्राउ परेकालाई छोडनुपर्ने माग सहित थरुहट कार्यकर्ताले आज बिहानदेखी ईलाका प्रहरी कार्यालय दुहबी घेराउ गरेका थिए ।

0 Comments