Incident Reports

धनगढी र टीकापुरमा आज पनि निषेधाज्ञा यथावत्

2015-08-27

Sudurpashchim, Kailali, Dhangadhi

 टीकापुरमा भएको हिंसात्मक घटनापछि कैलालीमा शान्तिसुरक्षाको स्थिति थप बिग्रन नदिन स्थानीय प्रशासनले सदरमुकाम धनगढी नगर क्षेत्र र टिकापुरमा आज पनि निषेधाज्ञा लगाएको छ । आज बिहान ११ देखि साँझ ६ बजेसम्मको समयमा धनगढी नगर क्षेत्रमा निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । यसअघि बुधबार बिहान ११ बजेदेखि लगाइएको निषेधाज्ञा साँझ ६ बजे फुकुवा गरिएको थियो । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले सामाजिक सद्भाव र मेलमिलाप कायम गराउन सहयोग गर्न सबैलाई अपिल गरेका छन्। लगातार लगाइएको निषेधाज्ञाका कारण यस क्षेत्रको जनजीवन नराम्रोसँग प्रभावित भएको छ। रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis