Incident Reports

लिम्बुवान बन्दका कारण जनजीवन प्रभावित

2015-08-31

अरुणपारीका नौ वटा जिल्लालाई लिम्बूवान प्रदेश घोषणा गर्नु पर्ने मागसहित संघीय लिम्बूवान पार्टीले आज पूर्वका नौ वटा जिल्लामा बन्द आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् । बिभिन्न जिल्लाका सदरमुकाम तथा मुख्य बजारहरुमा बन्दकर्ताहरु बसेर यातायात सञ्चालनमा अवरोध गरेका छन् । बन्दका कारण कलकारखाना ,शैक्षिक संस्था बन्द छन् । प्रहरीले अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताएको छ । तथापि बिगतमा भन्दा सुरक्षा ब्यबश्था कडा पारिएको प्रहरीले जनाएको छ । यसैगरी, तेह्रथुममा पनि लिम्बुवानको बन्दको प्रभाव परेको कान्तिपुरकर्मी चन्द्र कार्कीले बताएका छन् । वन्दका कारण सवारी चलेका छैनन् । सदरमुकाम म्याङलुङ वजार वन्द छ । पुर्वी तराई तर्फ जाने तयारीमा रहेका सवारी म्याङलुङ, जिरीखिम्ती र वसन्तपुरमा रोकिएका छन् । जिल्लाका सवै बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis