Incident Reports

म्याग्दी बन्द फिर्ता

2015-08-31

Gandaki, Myagdi, Beni

नेपाल मगर सङ्घको मगराँत सङ्घर्ष समितिले आज आह्वान गरेको मगराँत क्षेत्र बन्दको कार्यक्रम म्याग्दीमा फिर्ता लिएको छ । केन्द्रीय कार्यक्रमअनुसार बन्द आह्वान गरिए पनि म्याग्दीमा फिर्ता लिएको नेपाल मगर सङ्घ म्याग्दीका सचिव राजकुमार थापाले जानकारी दिए । म्याग्दीमा बिहानैदेखि शैक्षिक संस्थामा पठनपाठन भएको छ । सवारीसाधन पनि सञ्चालन भएका छन् । बजारका पसल पनि खुलेका छन् । उच्चस्तरीय राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको मगराँत क्षेत्रलाई टुक्र्याइएको विरोधमा मगर समुदायले बन्द आह्वान गरेका हुन् । उनीहरुले मगर समुदायको धेरै बसोबास रहेको म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, रोल्पा, रुकुम र प्युठान जिल्लालाई एउटै प्रदेशमा समावेश गर्नुपर्ने माग राखेका छन् । प्रशासनिक सुगमताका हिसाबले म्याग्दीलाई पछिल्लो पटक समावेश गरिएको ५ नम्बर प्रदेशनै अनुकूल भएकाले केन्द्रीय समितिले गरेको बन्दको कार्यक्रममा सहभागी नभएको मगर सङ्घ म्याग्दीका सचिव थापाले बताए । बन्दबाहेकका मगर समुदायको अन्य मागप्रति भने सङ्घले समर्थन गर्ने थापाले बताए ।
National/Online Media

0 Comments

Related Trend Analysis