Incident Reports

पढ्न पाउनु पर्ने माग राख्दै विद्यार्थीद्वारा प्रदर्शन

2015-08-30

Province 1, Sunsari, Duhabi

शान्तिपूर्ण रूपमा पढ्न पाउनु पर्ने माग राख्दै विभिन्न विद्यालयका विद्यार्थीहरुले भदौ १३ गते सुनसरीको दुहवी भलुवा नगरपालिकामा प्रदर्शन गरेका छन् । लामो समयदेखिको आमहड्तालका कारण शैक्षिक संस्थाहरु बन्द भएर पठनपाठन प्रभावित भएपछि दुहबीका एक दर्जन विद्यालयका विद्यार्थीहरुले र्‍यालीसहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले विद्यालय शान्ति क्षेत्र घोषणा गर, शिक्षामा राजनीति बन्द गर, हामी शान्ति चाहन्छौ, हामी पढ्न चाहन्छौ ,अरूको देश बन्दैछ हाम्रो देश बन्द छ, शान्तिपूर्वक पठन पाठन गर्न देउ जस्ता प्ले कार्ड बोकेर नाराहरू लगाउँदै दुहबी बजार परिक्रमा गरेका थिए । शिक्षा आर्जन गर्ने समयमा निरन्तर भएको बन्दले भविष्य अन्योलग्रस्त भएको भन्दै विद्यार्थीहरुले र्‍याली निकाल्नु परेको बताए । र्‍यालीमा सरस्वती उच्च मावि, महेन्द्र मेमोरियल स्कुल, माउण्ट मनास्लु स्कुललगायत दुहबीका विभिन्न निजी तथा सार्वजनिक विद्यालयका छात्रछात्राहरु सहभागि थिए । १५ दिन देखि थरुहट संर्घष समिति र मधेशी मोर्चाले गरेको हड्तालका कारण दुहवी तथा आसपासका क्षेत्रका विद्यालय, कलेज लगायतका शैक्षिक संस्थाहरु निरन्तर बन्द हुँदा लाखौ विद्यार्थीहरुको पढाइ प्रभावित भएपछि विद्यार्थीहरु संगठित भएर र्‍याली निकालेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
INSEC

0 Comments

Related Trend Analysis