Incident Reports

कलैयामा निषेधित क्षेत्र तोड्न खोज्दा झडप

2015-08-31

Madhes, Bara, Kalaiya

संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा कलैयामा भदौ १४ गते प्रदर्शनकारी र प्रहरीबीच साँझ झडप भएको छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएपछि प्रहरीले दर्जन भन्दा बढी अश्रुग्याँस र हवाइफायर गरेको छ । प्रदर्शनकारीहरू तितरवितर भएका छन् । झडपको क्रममा सङ्घीय समाजवादीका फोरम नेपालका महासचिव रामसहाय यादव प्रहरीको लठी प्रहारले घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । उनीसहित अन्य कम्तीमा १० जना प्रदर्शनकारीहरू घाइते भएका छन् । कलैयाको भरत चोकस्थित लठी जुलुस प्रदर्शनपछि भएको कोणसभा समापन भएलगतै प्रदर्शनकारीहरू प्रहरी कार्यालयतिर निषेधित क्षेत्र तोड्दै जान खोजेका थिए । त्यस क्रममा तैनाथ प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरेको थियो । स्थानीय प्रशासनले प्रहरी र जिल्ला प्रशासन कार्यालयको कलैया-वीरगंज सडक खण्डको केही मिटरसम्म भदौ ९ देखि अनिश्चितकालका लागि २४ सौं घण्टा निषेधित क्षेत्र घोषणा गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon , Small arms
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth na
Total Injured 10
INSEC

0 Comments

Related Trend Analysis