Incident Reports

कर्फ्यू हटाएपछि टीकापुरको जनजीवन सामान्य बन्दै

2015-09-02

 जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्र र टीकापुर क्षेत्रमा लगाएको निषेधाज्ञा (कर्फ्यू)को समय घटाएपछि लगातारको निषेधाज्ञाबाट प्रभावित जनजीवन केही सामान्य बन्‍न थालेको छ। निषेधाज्ञाको समय घटाएसँगै धनगढी र टीकापुरमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ। स्थानीय प्रशासनले धनगढीमा दैनिक चार घन्टा र टीकापुरमा बिहानको समयमा निषेधाज्ञा फुकुवा गरेपछि जनजीवन सामान्य बन्न थालेको हो। निषेधाज्ञाको समय छोट्याउँदै स्थानीय प्रशासनले धनगढीमा आज मध्याह्न १२ बजेबाट अपराह्न ४ सम्म निषेधाज्ञा जारी गरेको छ। यसैगरी टीकापुर नगर क्षेत्रमा लगाइएको २४ घन्टे निषेधाज्ञाको समय बिहानको समयमा फुकुवा गरिएको छ। त्यहाँ आज बिहान ७ देखि ११ बजेसम्म निषेधाज्ञा फुकुवा गरिएको स्थानीय प्रशासनले जनाएको छ। रासस

0 Comments