Incident Reports

३ वर्षीया बालिका बलात्कृत

2015-08-31

Sudurpashchim, Kailali, Mohanyal

कैलालीको चौमलामा ३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । उनको उपचार सेती अञ्चल अस्पतालमा भइरहेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार करिव राति ९ बजे घरमा कोही नभएको मौकी छोपी अज्ञात व्यक्तिले बालिकालाई अपहरण गरि बलत्कार गरेको हो । पीडित बालिकालाई स्थानिय जंगलबाट मंगलबार बिहान बेहोस अवस्थामा उद्धार गरिएको थियो । जंगलमा स्थानीय जितबहादुर चौधरीले बेहोस अवस्थामा देख्दा उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई शंकाको घेरामा राखेर पक्राउ गरेको छ । घटना सम्बधमा थप अनुसनधान भइरहेको प्रहरीले बताएको छ । घटनाको राति पीडित बालिकालाई एक्लै छाडेर उनकी आमा ७ वर्षीया जेठी छोरी लिन छिमेकीको घरमा गएकी थिइन् । छिमेकमा महिला तीज मनाउँदै थिए । 'घरमा बलात्कृत अवोध छोरी र कोखे बच्चालाई सुताएर जेठी छोरी लिन गएकी थिएँ,’ पीडित आमाले भनिन्, ‘फर्कँदा छोरी थिइन । यताउता छिमेकमा हल्लाखल्ला र खोजी भयो । भेट्टिएन । प्रहरीलाई जानकारी गराईयो । कल्ले लग्यो भन्ने चिन्ताले रात भएर रुएर बसियो । एकाबिहानै जंगलमा छोरी भेट्टिएको खबर आयो ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments