Incident Reports

दङ्गाग्रस्त क्षेत्रसँगै कर्फ्यू आदेश जारी

2015-09-02

Madhes, Bara, Kalaiya, Ward 13

संयुक्त मधेसी मोर्चाको आन्दोलनले ढुवानीमा असुविधा भएपछि स्थानीय प्रशासनले राजमार्ग र सहायक मार्गमा भदौ १६ गतेदेखि अनिश्चितकालीन दङ्गाग्रस्त क्षेत्र तथा कर्फ्यू घोषणा गरेको छ। कलैयास्थित नेपाल टेलिकमदेखि पश्चिम बीरगञ्जसित जोडिएको त्रिभुवन राजपथको परवानीपुर हुँदै पथलैयासम्मको दायाँ बायाँ पाँच सय मिटरसम्मको क्षेत्रलाई हरेक दिन बेलुका ८ बजेदेखि भोलिपल्ट ७ बजेसम्मका लागि दङ्गाग्रस्त क्षेत्र तोकिएको छ । दैनिक उपभोग्य वस्तु ओसारपसार सहज बनाउन प्रशासन ऐन, २०२८ को दफा ६ को 'ख' अनुसार यस्तो घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए । 'यो दफामा दंगाग्रस्तसँगै कर्फ्यू लाग्नेसमेत व्यवस्था छ,' उनले भने, 'दङ्गाग्रस्त क्षेत्र भित्र सभा, जुलुस, बैठक, भेला, प्रदर्शन, पोस्टर पर्चा टास्ने लगायतका कार्य गर्न पाइने छैन् । यसमा अनुमति बिना त्यस क्षेत्रमा मात्र जानुपर्ने हुन्छ ।' मृत्युको घटना छानबिन गर्न माग आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भदौ १६ गते पत्रकार सम्मेलन गरी प्रहरीले आन्दोलनमा दमन गरेको भन्दै भदौ १५ गते कलैयामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका कलैया १० का २२ वर्षीय हिफाजत मियाँको मृत्युबारे न्यायिक छानबिन गरी दोषीमाथि कारबाहीको गर्न माग गरेको छ । 'प्रहरीले पहिला पाखुरामा गोली हान्दा ढलेपछि घाइते भएको अवस्थामा थप गोली प्रहार गरी मारेको छ,' मोर्चाका अगुवा रामबाबुकुमार यादवले पत्रकार सम्मेलनमा भने, 'निष्पक्ष छानबिन गरी गोली हान्ने डिएसपी विनोद शर्मालाई तत्काल निलम्बन गरी कारबाहीको माग गर्दछौँ ।' भदौ १५ गते दोहोरो झडपमा गोली लागेर आन्दोलनकारीतर्फ कम्तीमा ५५ र प्रहरी तर्फ १७ जना घाइते भएका थिए । मृतकको शव कलैया अस्पतालमा पोस्टमार्टम नगरी राखिएको छ । यसैबीच गोली चलेको घटनाबारे जिल्लास्थित विभिन्न मानवअधिकार संघसंस्थाले बुधवार अनुगमन गरी सरोकारवाला प्रहरी-प्रशासन, पीडित परिवार र आन्दोलित पक्षसँग जानकारी लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Small arms
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Entity MJF
Actor 2 - Youth na
Total Killed 1
Youth Killed 1
Total Injured 62
National/Online Media , INSEC

0 Comments

Related Trend Analysis