Incident Reports

सप्तरीमा प्रदर्शन उग्र, शिक्षा र भू–संरक्षणमा आगजनी

2015-09-03

बन्दकर्ताहरुको एक समुहले बिहीबार सप्तरीका दुई कार्यालयमा आगजनी गरेका छन्। सदरमुकाम राजविराजस्थित जिल्ला शिक्षा कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयमा बन्दकर्ताहरुले आगजनी गरेका हुन्। बन्दकर्ताहरुले जिल्ला शिक्षा कार्यालय परिसरमै राखिएको गाडीमा आगो लगाइएको छ भने भू–संरक्षण कार्यालय बोर्ड तथा फर्निचर आगजनीका कारण क्षतिग्रस्त भएको छ।आजनीका कारण जिल्ला शिक्षा कार्यालयको बा १ झ ४७६१ नम्बरको बोलेरो जलेर पुर्ण रुपमा क्षतिग्रस्त भएको छ। दिउँसो करिब अढाई बजे एक समुहले कार्यालय परिसरमै राखिएको उक्त गाडीमा आगजनी गरेको जिल्ला शिक्षा कार्यालय सप्तरीका शाखा अधिकृत भोगेन्द्र यादवले बताए । यद्यपी कसैलाई पनि चिन्न नसकिएको उनको भनाइ छ। आगजनी लगत्तै आफूले प्रहरीलाई जानकारी गराई सकेको यादवको भनाइ छ। यता आगजनी गरिएको झण्डै आधा घण्टासम्म त्यहाँ प्रहरी पुग्न सकेको थिएन। जिल्ला प्रहरी कार्यालयबाट मात्र ५ सय मिटर दुरीमा शिक्षा कार्यालय रहेको छ। आधा घण्टा पछि पुगेको बारुण यन्त्रले आगो नियन्त्रणमा लिइएको छ। उक्त गाडी भन्ने पुर्ण रुपमै जलेर खरानी भएको जनाइएको छ । यता बन्दकर्ताहरुले बिहीबार जिल्ला भू–संरक्षण कार्यालयमासमेत आगजनी गरेका छन्। आगजनीका कारण कार्यालयको बोर्ड र फर्निचर क्षतिग्रस्त भएको कार्यालय स्रोतले जनाएको छ। बन्दका कारण लगातार २० दिन देखि सप्तरीको जनजिवन ठप्प बन्न पुगेको छ । सर्वसाधारणहरु चौतर्फी मारमा परेका छन्। शैक्षिक संस्था, यातायात, उद्योग व्यवसाय, बजार, पसल सवै ठप्प रहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Total damaged Buildings 2
Severely damaged Buildings 2
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis