Incident Reports

वीरगञ्‍जमा साँझ ५ बजेदेखि दुर्इ घन्टा कर्फ्‍यू हटाइयो

2015-08-31

Madhes, Parsa, Birgunj

Update-------वीरगञ्जको कर्फ्यू चार घन्टा हटाइयो स्थानीय प्रशासनले वीरगञ्जमा लगाएको कर्फ्यू मंगलबार चार घन्टाका लागि हटाएको छ । कर्फ्यू बिहान नौ बजेदेखि दिउँसो एक बजेसम्मका लागि हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । स्थानीयलाई दैनिक प्रयोजनका सामान खरिदबिक्री गर्न तथा वीरगञ्जको जनजीवन विस्तारै सामान्य बन्दै गएको र अझै सामान्य बनाउन स्थानीयको दैनिकी सहज बनाउन कर्फ्यूको समय घटाइएको प्रशासनले जनाएको छ । यसअघि आइतबार र सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म दुई घन्टाका लागि कर्फ्यू हटाइएको थियो । नयाँ संविधानका लागि भएको सीमांकनका विषयमा भएको प्रदर्शनका क्रममा वीरगञ्जमा पाँच जनाले ज्यान गुमाएका थिए ।

Updated-------स्थानीय प्रशासनले सोमबार अपराह्न चार बजेदेखि लगाएको अनिश्चितकालीन कर्फ्‍यू आज बेलुकी ५ बजेदेखि ७ बजेसम्‍मका लागि कर्फ्यू हटाएको छ। स्थानीय प्रशासनले वीरगन्जलाई मंगलबारदेखि दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरेर वीरगन्जका मुख्य सडक र टोलहरुमा बुधबार बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो। तनावग्रस्त वीरगञ्ज बुधबार भने बिहानैदेखि सुनसान देखिएको थियो। यसअघि मधेस केन्द्रित दलहरूको आन्दोलनले उग्र रूप लिँदा प्रहरीले गोली चलाएपछि सोमबार एक आन्दोलनकारीको मृत्यु भएको थियो। आन्दोलनकारीले कर्फ्यू तोडेर नगरका विभिन्‍न स्थानका प्रहरी चौकी र सरकारी गाडीमा आगो लगाइदिएका थिए। कर्फ्‍यू बेला राधेमाई टोलमा प्रदर्शनमा उत्रिएका वीरगन्ज २८ मनियारीका २५ वर्षीय दिलीप चौरसियाको गोली लागेर मृत्यु भएको थियो। उनको पिठयुँमा गोली लागेकाले नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।चौरसिया संघीय समाजवादी फोरम नेपालका गाउँ कमिटी सदस्य रहेको फोरम नेपाल पर्साका अध्यक्ष थिए। आन्दोलनकारीले वीरगन्ज छपकैयामा रहेको २०६२/६३ सालको आन्दोलनका अगुवा तथा पछिल्लो परिवर्तनका अग्रणी नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सालिक भत्काइदिएका थिए । उनीहरुले रामगढवास्थित एमालेको पार्टी कार्यालयमा आगो लगाइदिएका थिए। यस्तै घन्टाघरनजिकैको नेपाल टेलिकमको भवनमा तोडफोड गर्नुका साथै नापी कार्यालयको ना १ झ २७९ नम्बरको गाडीमा आगो लगाइदिएका थिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Small arms
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
Total Killed 1
Youth Killed 1
Totally damaged Vehicles 3-4
National/Online Media

0 Comments

Related Trend Analysis