Incident Reports

धोती जुलुस प्रदर्शन

2015-09-06

दिनहुँ नयाँ–नयाँ शैली र स्वरूपमा आन्दोलन सञ्चालन गर्दै आएको संयुक्त मधेशी मोर्चाले आइतबार राजविराजमा धोती जुलुस प्रदर्शन गरेका छन् । सीमाङ्कनको खाका सच्याउनुपर्ने तथा समग्र मधेश एक प्रदेशको माग गर्दै अनिश्चितकालीन आम हडतालसँगै दिनहुँ प्रदर्शनमा उत्रेका मोर्चाले आन्दोलनलाई उत्कर्षमा पु¥याउन र सरकारको ध्यान तान्न नयाँ नयाँ शैलीमा आन्दोलन गर्दै आएको हो । सिट्टी जुलुस, गधा जुलुस, झाडु (कुचो) जुलुस, चार दलका शीर्ष नेताहरूको पुतला र शव जुलुस, लठ्ठी जुलुस प्रदर्शन गरिसकेका मोर्चाले आइतबार निकालेको धोती जुलुसलाई हेर्न सडक पेटीमा सर्वसाधारणको भीड लागेको थियो । स्थानीय शिव मन्दिरको प्राङ्गणबाट हजारौँ युवाको सहभागितामा निकालिएको धोती जुलुसका सहभागीले मधेशीको पहिचान कायम गर, सेनालाई अविलम्ब फिर्ता गर, प्रहरी दमन बन्द गर, विगतका सम्झौता सहमति कार्यान्वयन गर, गृहमन्त्री राजीनामा दे, मधेश टुक्राउन पाइँदैन, समग्र मधेश एक प्रदेश कायम गर लगायतका नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए । नगर परिकर्मापश्चात स्थानीय जन आन्दोलन चोकमा कोण सभा समेत गरिएको छ । मोर्चाका नेता शम्भु यादवको अध्यक्षतामा आयोजित कोण सभालाई केदार यादव, नरेश यादव, कासिन्द्र राम, सुभाष यादव, विशाल यादव, जयप्रकाश यादव लगायतकाले सम्बोधन गर्नुभएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Ethnic or caste-based collective tensions
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis