Incident Reports

धनकुटा क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

2015-09-07

क्याम्पसले शैक्षिक मागलाई बेवास्ता गरेको भन्दै धनकुटा बहुमुखी क्याम्पसमा आइतबारदेखि विद्यार्थीले तालाबन्दी गरेका छन् । विज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीले दरबन्दीअनुसारका शिक्षक नियुक्ति गरिनुपर्नेलगायतका माग पूरा नभएसम्मका लागि भन्दै बहुमुखी क्याम्पस प्रशासनको मूल गेटमै अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । विद्यार्थीले विज्ञान सङ्कायमा दरबन्दीअनुसारका शिक्षक नियुक्ति गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने, कम्प्युटर ल्याब र इलाइबे्ररी छुट्टै व्यवस्था गरिनुपर्नेलगायत ११ बुँदे मागअघि सारेका छन् । विज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीले यही भदौ ४ गते क्याम्पस प्रशासनलाई माग पत्र बुझाउँदै १५ दिने अल्टिमेटम दिएका थिए । अल्टिमेटमको समय पूरा हुँदा पनि क्याम्पसले विद्यार्थीका जायज मागलाई सम्बोधन गर्न ध्यान नदिएकाले माग पूरा नभएसम्मका लागि भन्दै विद्यार्थीले क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments