Incident Reports

ढुङ्गा प्रहारबाट मृत्यु भएको घटनाका आरोपितविरूद्ध कर्तव्य ज्यान मुद्दा

2015-09-06

Lumbini, Banke, Nepalgunj, Ward 12

 आन्दोलनकारीको ढुङ्गा प्रहारबाट मृत्यु भएको घटनाका आरोपित विरूद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको छ । गनापुर गाविसका शिवशङ्कर भाटविरूद्ध भदौ २० गते जिल्ला अदालत बाँकेले ६ दिनको म्याद थप गरेको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको अवस्थामा भदौ १८ गते नौबस्ता गाविस-२ का २२ वर्षीय करणसिंह ठकुरीलाई गनापुरमा आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर मृत्यु भएको थियो । घटनाका आरोपित शिवशङ्करलाई प्रहरीले भदौ १८ गते गनापुर गाविसबाट गिरफ्तार गरेको थियो । प्रहरीले उक्त घटनामा संलग्न रहेको आशङ्कामा ३१ जनालाई गिरफ्तार गरी छानबिन पश्चात रिहा गरेको थियो । सोही घटनामा संलग्न भई अन्य सवारी साधनहरूमा समेत तोडफोड गर्ने कार्यमा संलग्न रहेको आरोपमा गनापुर गाविसका धर्मेन्द्र बर्मा र प्रदीप गडरियाविरूद्ध सार्वजनिक मुद्दा दायर गरिएको र पक्राउ परेका अन्य २८ जनालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी बसन्त पन्तले बताए । आरोपितलाई मुद्दा चलाइएपछि मृतकका परिवारले भदौ २१ गते शव बुझेर अन्तिम संस्कार गरेका थिए । विनोद पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
INSEC

0 Comments

Related Trend Analysis