Incident Reports

सुनसरी दङ्गाग्रस्त क्षेत्र घोषणा, घरेलु हतियार सहित आन्दोलनकारी सडकमा

2015-09-11

प्रदर्शनकारीहरु घरेलु हातहतियार सहित प्रदर्शनमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई दड्गाग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार बिहान सात बजेदेखि दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएपछि राजमार्गमा नेपाली सेना परिचालन गरिएको छ। सुनसरीको कोशी ब्यारेजदेखि पकलीसम्मको राजमार्गको ५ सय मिटर उत्तरदक्षिण र बुढीखोलादेखि खनारसम्म निषेधाज्ञा जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविराज पन्थले जानकारी दिए। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा कुनै प्रकारको प्रदर्शन, नाराजुलुस तथा सभा गर्न नपाइने उनले बताए । ठूलो समूहमा रहेका आन्दोलनकारीहरु अहिले लौकहीमा घरेलु हातहतियार सहित निस्किएका छन्। अन्य क्षेत्रमा सेना परिचालन भएपछि उनीहरु लौकहीमा जम्मा भएका हुन्।

0 Comments