Incident Reports

एम्बुलेन्स तोडफोडको विरोध गर्दै चालकहरु आन्दोलित

2015-09-12

Province 1, Morang, Biratnagar

बन्दकर्ताबाट एम्बुलेन्स तोडफोड तथा चालकमाथि भएको हातपातको विरोध गर्दै एम्बुलेन्स चालकहरु आन्दोलित भएका छन्। एम्बुलेन्स चालकले सुरक्षाको प्रत्याभूति नहुँदासम्म विराटनगर–रङ्गेली सडकखण्डमा एम्बुलेन्स सञ्चालन नगर्ने निर्णय पनि गरेका छन्। एम्बुलेन्स चालक सङ्घ, मोरङका सचिव चन्द्र पराजुलीले बन्दकर्ताले एम्बुलेन्समाथि तोडफोड र चालकलाई दुव्र्यवहार गर्न थालेपछि सुरक्षाको प्रत्याभूति नभएसम्म एम्बुलेन्स नचलाउने निर्णय गरिएको जानकारी दिए। बन्दकर्ताले सो सडकखण्डअन्तर्गत को१च ४२६५ नंको नेपाल रेडक्रस सोसाइटी मोरङको एम्बुलेन्स तोडफोड भएपछि उनीहरु आन्दोलित भएका हुन् । मोरङको कटहरी, कर्सिया, रङ्गेली र दर्वेशालगायतका स्थानमा जाँदा आन्दोलनकारीले चालकमाथि दुव्र्यवहार गर्ने गरेको मोरङ एम्बुलेन्स चालक सङ्घले जनाएको छ । मोरङमा १२५ वटा एम्बुलेन्स सञ्चालनमा रहँदै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Protesters/demonstrators
Actor 2 - Youth na
National/Online Media

0 Comments