Incident Reports

सार्थक संवादबाट जिम्मेवारीपूर्वक परिस्थितिलाई सम्बोधन गर्न मानवअधिकार आयोगको आग्रह

2015-09-13

राष्ट्रिय मानवअधिकार आयोगले सार्थक सम्वाद र वार्ताका माध्यमबाट जिम्मेवारीपूर्वक वर्तमान जटिल परिस्थितिलाई सम्बोधन गर्न सरकार, राजनीतिक दल र आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ । भदौ २६ गते आयोगको आकस्मिक बैठकपछि अध्यक्ष अनुपराज शर्माद्वारा जारी विज्ञप्तिमा अहिलेको परिस्थितिलाई वार्ताका माध्यामबाटै हल गर्न आग्रह गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायत विभिन्न राजनीतिक दल तथा सङ्घर्ष समितिले सीमाङ्कन लगायतको विषयलाई लिएर विगत लामो समयदेखि तराई-मधेसलगायत देशका विभिन्न भागमा गरिएको आमहड्ताल, बन्द, विरोध प्रदर्शन, आन्दोलनका कार्यक्रमहरू तथा त्यसबाट उत्पन्न परिस्थिति एवम् मानव अधिकार उल्लङ्घनका घटनाका सम्बन्धमा आयोगले अनुगमन गरिरहेको पनि विज्ञप्तिमा जनाइएको छ । 'महोत्तरीमा सशस्त्र प्रहरी बलका सहायक निरीक्षक थमनबहादुर विकलाई उपचारका लागि अस्पताल तर्फलैजाँदै गरेको अवस्थामा एम्बुलेन्सबाट निकाली नृशंसतापूर्वक प्रदर्शनकारीहरूबाट भएको हत्या मानवअधिकार र मानवीय कानूनको दृष्टिकोणबाट निन्दनीय र खेदजनक छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानून बमोजिम कारबाही गर्न आयोग सरकारलाई आग्रह गर्दछ ।'-विज्ञप्तिमा भनिएको छ ।

0 Comments