Incident Reports

गोली चलाउने प्रहरीलाई कारबाहीको माग गर्दै पृथ्वीराजमार्ग अवरुद्ध

2015-09-12

Gandaki, Tanahun, Rhishing

 पूर्णबहादुर आलेको मृत्युको अनुसन्धान गर्न माग गर्दै शुक्रवार साँझ भएको आन्दोलनमा प्रहरीको गोली लागी एक युवकको मृत्यु भएपछि आन्दोलनकारीले शनिबार दिउँसो ३ बजेदेखि पृथ्वीराजमार्ग अवरुद्ध गरेका छन् । प्रहरीको गोली लागी व्यासनगरपालिका–१ भादगाउँ निवासी १८ वर्षीय रोशन दुराको शुक्रवार मृत्यु भएपछि आक्रोशित बनेका आन्दोलनकारीले राजमार्ग अवरुद्ध गरेका हुन् । आन्दोलनकारीले पृथ्वीराजमार्गअन्तर्गत ट्राफिक चोकमा टायर बालेर अवरुद्ध गरेपछि कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् । उनीहरुले गोली चलाउने प्रहरीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेको बताइएको छ। जानकारी बिना नै यातायातका सवारीसाधन अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् । मृतक दुराको शव पोखराबाट दमौली ल्याउन लागिएको खबरसँगै दमौली बजारमा मानिसको भीड लागेको छ । अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले जानकारी दिए। 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Small arms
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Trend Analysis