Incident Reports

मोरङमा आन्दोलनकारीले भ्यान जलाए

2015-09-13

Province 1, Morang, Biratnagar

आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले मोरङमा आज बिहान एउटा भ्यानमा आगजनी गरि क्षति पुर्‍याएका छन् । विराटचोक सडकखण्डको सिग्राहा-७ मा आज बिहान को १ च ५९२९ नम्बरको म्याजिक भ्यानमा २०–२५ जनाको समूहले आगो लगाएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी प्रमोद खरेलले जनाए । उक्त समूहले भ्यानका चालकलाई समेत कुटपिट गरेको खरेलले बताए । यसैबीच सीमांकन प्रति असन्तुष्टी जनाउँदै संयुक्त मधेसी मोर्चा सहितका दल र समूहले आह्वान गरेको बन्दको २९ औं दिन आज पनि विराटनगरका बजार बन्द छन् । विराटनगरको शनि मन्दिरदेख उतर विद्युतीय रिक्सा र टेम्पो सञ्चालनमा रहेपनि कोसी राजमार्ग अन्तर्गत रोडशेष चोक र सो भन्दा दक्षिण मोटरसाइकल र रिक्सा मात्र चलिरहेको छ । बिहानैदेखि रोडशेष चोकमा मोर्चाका कार्यकर्ताहरू देखिएका छन् । नेपाल-भारत सीमामा रहेको जोगवनी बजार जानेहरूका लागि विद्युतीय रिक्साले वैकल्पिक मार्ग प्रयोग गरि सेवा दिइरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis