Incident Reports

आन्दोलनकारीले हानेको गोली लागेर सशस्त्र प्रहरी घाइते

2015-09-13

Madhes, Siraha, Mirchaiya, Ward 4

सिराहाको मिर्चैयामा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीले प्रहरीमा गोली हानेका छन् । गोली लागेर सशस्त्र प्रहरीका जवान घाइते भएका छन् । सशस्त्र प्रहरी गण दन्तथकालीका जवान विपिन राईलाई गोली लागेको छ । दाहिने पाखुरामा गोली लागेको उनको स्थानीय क्लिनिकमा उपचार ग।रिएको छ । बन्दकर्ताले रुख ढालेर राजमार्ग अवरुद्ध पारेपछि खुलाउन प्रहरी गएको थियो । तर, लुकेर बसेको समूहले प्रहरीमाथि गोली चलाएको प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकेले जानकारी दिएका छन् । उनका अनुसार प्रहरीलाई लक्षित गरी दुई राउण्ड फायर गरेका थिए । घटनामा प्रहरीले चार राउण्ड फायर गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments