Incident Reports

दमौलीमा अश्रुग्यासका कारण वृद्धाको मृत्यु

2015-09-12

Gandaki, Tanahun, Byas

 प्रहरीले चलाएको अश्रुग्यासले सख्त घाइते भएकी एक वृद्धाको शनिबार राति मृत्यु भएको छ । मृतक पूर्णबहादुर आलेका आफन्तजनले मेडिकल रिपोर्ट नआएसम्म शव नबुझ्ने अडान राख्दै गत बुधबार साँझ दमौली अस्पतालमा घेराउ गर्दा चलाएकाे अश्रुग्यासका कारण सडकमा हिँडिरहेकी जामुने गाविस वडा नं ८ घर भई हाल व्यासनगरपालिका वडा नं २ बस्दै आएकी ७८ वर्षीया सुनिमाया श्रेष्ठको मृत्यु भएको हो। उनको पोखरास्थित मणिपाल अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो । दमको रोगी रहेकी वृद्धा श्रेष्ठको दमौलीमा सामान्य उपचारपछि थप उपचारका लागि सोही दिन पोखरा पठाइएको थियो । प्रहरीले उक्त दिन उत्तेजित भीड नियन्त्रण गर्न दुई राउन्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ । प्रहरीको गोली लागी घाइते भएकाहरुको एकाएक उपचारका क्रममा मृत्यु हुँदै गएपछि दमौली बजार यतिबेला तनावग्रस्त हुदै गएको छ । त्यसैगरी प्रहरीको गोली लागी उपचारकै क्रममा शुक्रबार राति मृत्यु भएका व्यास– १ भादगाउँ निवासी १८ वर्षीय रोशन दुरालाई शनिबार साँझ बसेको सर्वपक्षीय भेलाले सहिद घोषणा र मृतकका परिवारलाई रु १० लाख दिनेलगायतका सहमति गरे पनि आन्दोलन साम्य बनेको छैन । दमौली बजार क्षेत्रमा बसिरहेका मानिसमाथि प्रहरीले आज बिहान अन्धाधुन्ध ढुङ्गा प्रहार गर्नुका साथै दुव्र्यवहारसमेत गरेको भन्दै पुनः आन्दोलनकारी आक्रोशित बनेका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घ र दमौली बजार एकाइले शान्तिपूर्ण आन्दोलन गर्ने भनेर आइतबार बिहान माइकिङ गर्दै बजार परिक्रमा गरे पनि आक्रोशित युवाले पृथ्वीराजमार्ग अवरुद्ध गर्नुका साथै बजारसमेत बन्द गराएका छन् । उक्त बन्दका कारण दमौली बजार आसपास क्षेत्रका विद्यालयमा पठनपाठनसमेत बन्द गरिएको छ । दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत पूर्णबहादुर आलेको गत आइतबार भएको मृत्यु शङ्कास्पद भएको भन्दै आन्दोलनकारी आन्दोलनमा उत्रिएका हुन् । मृतक आलेको शव पुनः परीक्षणका लागि शनिबार बिहानै काठमाडौँ पठाइएको थियो । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments