Incident Reports

बन्दकर्ताले ट्रक तोडफोड गरे

2015-09-13

Lumbini, Banke, Kohalpur

थरुहट संयुक्त संघर्ष समितिका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै पूर्व–पश्चिम राजमार्गमा एउटा ट्रक तोडफोड गरेका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख १४७७ नम्बरको ट्रकलाई थरुहट बन्दकर्ताले कोहलपुर–४ सम्झनाचोक नजिक तोडफोड गरेका हुन्। बन्दकर्ताले ट्रक रोकेर तोडफोग गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी राजीवबहादुर केसीले बताए। सीसा तोडफोग गर्दै आगजनी गर्ने तयारीमा रहका बन्दकर्तालाई घटनास्थलमा पुगेको प्रहरीले लखेटेको उनले भने। प्रहरी समयमा घटनास्थलमा पुगेपछि आगजनीबाट जोगिएको उनले भने। ट्रकलाई राजमार्गबाट कोहलपुर प्रहरी चौकीमा राखिएको छ। आईतबार विहानदेखि पुर्वपश्चिम राजमार्गको विभिन्न चोक चोकमा थरुहट कार्यकताले अवरोध गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis