Incident Reports

पाँचथर कारागारमा झडप, चौकिदारसहित ६ जना घाइते

2015-09-14

पाँचथर जिल्ला कारागारमा सोमबार दिउँसो कैदिबन्दीबीच झडप भएको छ । झडपमा चौकिदार टेकनाथ रिजालसहित ६ जना घाइते भएका छन् । कैदी प्रेमजंग केरुङ र हरि लावतीले चौकीदार रिजालसँग विवाद गरेपछि झडप भएको कारागार प्रशासनले जनाएको छ । विवादको कारण भने खुल्न नसकेको कारागार प्रमुख सिर्जना लुँइटेलले जानकारी दिनुभयो । झडपमा चौकिदार रिजालसहित कैदीहरु प्रेमजंग केरुङ, हरि लावती, सन्तवीर आङदेम्बे, विजय श्रेष्ठ र चन्द्र विक घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको कारागार प्रशासनले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल पाँचथरमा उपचार भैरहेको छ । घटना बारे अनुसन्धान भैरहेको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Criminal
Actor 2 - Youth na
Total Injured 6
National/Online Media

0 Comments