Incident Reports

मधेशमा सेना परिचालन बिरुद्ध राजधानीमा र्याली

2015-09-14

Bagmati, Kathmandu, Kageshwori Manahora

मधेसी बिद्यार्थी समाज त्रिभुवन विश्वविद्यालयले मधेशमा भईरहेको सेना परिचालन र प्रहरी हस्तक्षेप बिरुद्धमा सोमबार राजधानीमा विरोध र्याली निकालेको छ । माइतीघर मण्डलाबाट सुरु भएको र्याली नयाँ बानेश्वोर चोक पुगेर कोण सभामा परिणत भएको थियो । सभामा बोल्दै र्यालीका संयोजक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रामबाबु सिंहले मधेशमा भैईरहेको आन्दोलनमा प्रहरी हस्तक्षेप बन्द गरिनुपर्ने बताए । उनले सेना परिचालन तत्काल बन्द गरी सरकारले आन्दोलनरत मधेसी मोर्चालाइ बार्तामा बोलाउनुपर्ने उल्लेख गरे । त्यस्तै सभामा बोल्दै सद्भावना आनन्दीदेवीकी अध्यक्ष सरिता गिरीले मधेशमा कर्फ्यू लगाएर जारी गरिएको संबिधान आफुहरुलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताइन । 
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis