Incident Reports

रुपेन्देहीको बेथरीमा झडप, ४ बर्षे बालक सहित ४ को मृत्यु [Updated]

2015-09-15

Lumbini, Rupandehi, Mayadevi

[Updated] ----रुपन्देहीको बेथरीमा मधेसी मोर्चाका प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी ४ जनाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा एक ४ बर्षीय बालक समेत छन्। मृत्यु हुनेमा ४० बर्षीय बिन्दु लाकौल, १६ बर्षीय, रञ्जना सिंह क्षेत्री, र ३५ बर्षीय रामकुमार बरही र चार बर्षीय बालक कुन्दनकुमार पट्टेल छन्। प्रहरीले अहिले सम्म चार वर्षीय बालक कुन्दन पट्टेलको मात्र मृत्यु भएको पुष्टि गरेको छ। स्थानीयका अनुसार अन्य मृतकको शव आफन्तले लगेका छन्। त्यसैगरी उक्त घटनामा अरु पाँच जना घाइते छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। घाइते हुनेमा गोनाहा ६ की ४० वर्षीय नन्दनी पाठक, सोही ठाउँका ६० वर्षीय, पुर्नबासी धोवी, हाटिबनगाई १ की स्वागती मुराउ, सोही ठाउँकी ३० वर्षीय सरस्वती मुराउ र मैनहिया ७ का २५ वर्षीय दिपेश साहनी छन्। यी मध्ये स्वागती मुराउको अवस्था गम्भीर रहेको छ। घाइते सवैको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ। मेडिकल कलेजका डाक्टर मनोहर जोशीका अनुसार एकजना बाहेक अरुको अवस्था सामान्य छ। घाइतेलाई खुट्टा र हातमा गोली लागेको छ। प्रहरी तर्फ आन्दोलनकारीले प्रहार गरेको गुलेली र ढुँगाले सशस्त्रका १७ र नेपाल प्रहरीका ३ गरी २० जना घाइते छन्। लुम्विनी भैरहवा सडक खण्डको गोनाहा र कम्हरियामा रहेका उद्योगहरुबाट लोड भएका गाडीहरु प्रहरीले स्कटिङ्ग गरेर ल्याउने क्रममा वेथरीमा आन्दोलनकारीले अवरोध गरेपछि साँझ ६ बजे दोहोरो झडप भएको थियो। आन्दोलनकारीले स्कटिङ्ग गरिरहेका प्रहरीका दुईवटा गाडी र वेथरी प्रहरी चौकीमा आक्रमण गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए। सुरुमा प्रहरीले ६ सेल अश्रुग्यास र पाँच राउण्ड हवाई फायर गरेको घटनाका प्रत्यक्षदर्शी रामअवतार यादवले बताए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीका अनुासर अश्रुग्यास र हवाई फायर गर्दा समेत स्थिती नियन्त्रणमा नआएपछि र आन्दोलनकारीले प्रहरीका गाडी र चौकीमा आगजनी गर्न थालेपछि वाध्यभएर गोली चलाउन परेको थियो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उक्त क्षेत्रमा अहिले साँझ ७ बजेदेखि भोली विहान १० बजेसम्म कर्फ्यू लगाएको छ। 

Update---लुम्बिनी औद्योगिक कोरिडर खण्डमा पर्ने बेथरीमा २९ भदौमा प्रहरीको गोली लागि चार जनाको मृत्यु भएपछि थप हिंसा बढ्न नदिन उच्च सुरक्षा सतर्कता अपनाईएको प्रहरीले जनाएको छ । २९ भदौ साँझ बेथरीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ४ वर्षीय बालक चन्दन कुमार पटेलसँगै, रुपन्देही गोनाहाका ३५ वर्षीय बिन्दू लाकौल, १४ वर्षीया रञ्जना क्षेत्री र ३५ वर्षीय राजकुमार बराईको मृत्यु भएको छ । बिरगञ्ज घर भएका बालक चन्दन बेथरीमा स्थानीय सिमेन्ट उद्योगमा काम गर्ने आफ्ना अभिभावकसँगै बस्दथे । बेथरीको हाटबजारमा समान किन्दै गरेका बेला गोली चलेको स्थानीयले बताएका छन् । मृत्युहरु आन्दोलनकारी नभई हाटबजारमा किनमेल गर्न गएकाहरु रहेको स्थानीयले बताएका छन् । झडपमा २० प्रहरी र पाँच जना स्थानीय पनि घाईते छन् । गम्भीर घाईते पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अफ साईन्सेजमा उपचार भैरहेको छ । गोली लागि गम्भीर घाईते हुनेहरुमा हाटीबनगाईकी ५० वर्षीया सगती मुराउ, गोनाहाकी ३० बर्षीय नन्दनी पाण्डे, मैनहिवाका ६० बर्षीय पूर्णबासी धोबी, हाटिबनगाईकी ३० वर्षीया सरस्वती मुराउ र दीपेन्द्र साहनी छन् । प्रहरीका गाडीमा आक्रमण गर्न खोज्नेहरु हाटबजारतिर भागेपछि प्रहरी कार्वाही पनि हाटबजारतिरै केन्द्रित भएको थियो । घटनाको अर्को दिन ३० भदौ बिहानैदेखि भैरहवा बजार सहित गाउँगाउँबाट मधेशी मोर्चाका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिन थालेपछि ब्यापक प्रहरी परिचालन गरिएको छ । स्थानीय प्रशाशनले झडपस्थल बेथरी क्षेत्रमा कफ्र्यूलाई निरन्तरता दिएको छ भने भैरहवामा पनि निशेधाज्ञा जारी छ । रुपन्देही प्रहरी प्रमुख राजेन्द्रप्रसाद ढकाल थप हिंसा हुन नदिन र स्थितिलाई सामान्य बनाउन प्रयास भइरहेको बताउँछन् । २९ भदौ, मंगलबारको घटनाविरुद्ध आज बिहान भैरहवा बन्द गराउदै हिड्ने मोर्चाका तीन कार्यकर्तालाई पक्राउ गरिएको ढकालले बताए । अहिले बेथरी वरपरका गाउँहरुमा मोर्चाका आक्रोशित कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । २९ भदौमा मालबहाक साधन र प्रहरीका गाडीमा आन्दोलनकारीहरुले आक्रमण थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरी सुरक्षामा लुम्बिनी करिडोरबाट सामान लोड गरी गन्तब्यतर्फ जाँदै गरेका ट्रक र प्रहरीको गाडीका साथै बेथरी प्रहरी चौकीमासमेत पेट्रोल बम प्रहार गरेपछि तनाब बढेको जिल्ला प्रहरी प्रमुख राजेन्द्र ढकालले बताएका छन् । आन्दोलनकारीले प्रहार गरेको पेट्रोल बमका कारण लुगा सल्किएर जल्न लागेका प्रहरीका नायब निरीक्षक जनक रेग्मीलाई तत्कालै बचाउन सफल भएको ढकालले बताए । मंगलबार मृत्यु भएकाहरुको शव आफन्तहरुले अझै बुझेका छैनन् । दुई मृतकका आफन्त सम्पर्कमा आएको र शवहरुको ब्यबस्थापन गर्न लागिएको प्रहरीले जनाएको छ । २४ र २५ भदौमा उनीहरुले यही सडक खण्डको छेउमा रहेको उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको अर्घाखांची सिमेन्ट उद्योग लगायत सात उद्योगमा तोडफोड गरेका थिए । २३ भदौमा उद्योग वाणीज्य महासंघको केन्द्रीय नेतृत्व र मोर्चाको शीर्ष नेतृत्वबीच भैरहवामै भएको छलफलमा उद्योगीहरुले बन्द फिर्ता गरी वार्तामा बस्न आग्रह गरेका थिए । त्यसयता आन्दोलनकारीहरुले उनीहरुकै उद्योगहरुलाई निशाना बनाईरहेको उद्योगीहरुले बताएका छन् । तीजकै दिन कर्फ्यू र निशेधाज्ञाका कारण भैरहवा क्षेत्रमा तीज मनाउने महिलाहरु प्रभावित भएका छन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon , Light weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 4
Female Killed 2
Youth Killed 1
Total Injured 25
Youth Injured 1
Total Abducted o
Total damaged Buildings o
Severely damaged Buildings o
Totally damaged Vehicles o
Severely damaged Vehicles o
National/Online Media

0 Comments

Related Trend Analysis