Incident Reports

प्रहरी चौकी मोर्चाका कार्यकर्ताद्वारा आगजनी

2015-09-15

Lumbini, Kapilbastu, Suddhodhan

प्रदेश सिमांकनको विरोधमा विगत ३४ दिन देखि आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरुले मंगलवार साझ ७ बजे तिर लवनी प्रहरी चौकीमा आगजनी गरेका छन्। सयौको संख्यामा घरेलु हतियार सहीत आएका मोर्चाका कार्यकर्ताहरुले लुम्बिनी तौहिलवा सडक खण्ड अर्न्तगत लवनी चौराहामा रहेको चौकीमा पसेर तोडफोड गरी आगजनी गरेका हुन। आगजनीबाट चौकीको पक्की भवन, कागजात र साईकल नष्ट भएको स्थानीयबासीले जनाएका छन्। मोर्चाका नेता अब्दुल रसीद खाँले लवनी प्रहरी चौकीमा आगजनी भएको जानकारी दिए। मोर्चाका कार्यकर्ताहरुले प्रहरी चौकीमा आक्रमण गर्न आए पछि त्यहाँ कार्यरत १३ प्रहरी आफनो ज्यान बचाएर भागेका छन्। आगजनीकाक्रममा उनीहरुले दलका शीर्ष नेताहरु बिरुद्ध चर्का नाराबाजी समेत गरेका थिए। चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक राम बहादुर क्षेत्री सहीत १३ जना चौकीमा रहेका हतियार सहीत भागेका थिए। भागेका मध्ये केही प्रहरी जवान सम्पर्कमा आएको र भागेका प्रहरीहरुको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक जयश्रीराज कुवरले बताए। प्रहरी उपरीक्षक बिक्रम गुरुङले मोर्चाका कार्यकर्ताहरुले आक्रमण गर्नु अघि नै त्यहाँ कार्यरत प्रहरीहरु सुरक्षित स्थानमा गएको दाबी गरे। त्यहाँ कार्यरत सबै प्रहरी सकुसल रहेको उनले बताए। मर्यादपुर स्थित सशस्त्र प्रहरी आउट पोस्टमा समेत गत शुक्रवार मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका थिए। लवनीमा मोर्चाका कार्यकर्ताहरुले आजजनी गरेकेा थाहा पाए पछि नजिकै रहेको बगदी प्रहरी चौकीमा कार्यरत प्रहरीहरु पनि चौकी छाडेको स्थानीयले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments

Related Trend Analysis