Incident Reports

दशकदेखि फरार अभियुक्त पक्राउ, थप दुई अभियोग खुल्यो

2015-09-15

 पाँचथर अदालतले पाँच वर्षका लागि कैद सजाय सुनाएका फरार प्रतिवादीलाई प्रहरीले प्रक्राउ गरेको छ। विभिन्न नाम प्रयोग गर्दैहिड्दै उनलाई प्रहरीले इलामको हकर्टे भन्ने ठाँउमा प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी कृष्णप्रसाद कोइरालाले बताए। सोमबार प्रक्राउ परेका चार फरकफरक नाम बनाएका उनलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो। मणीराज भनिने सनबहादुर नेपाली, प्रकाश भन्ने अनिल पोखरेललाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। एकै व्याक्तिले यसरी चारवटा नाम राखेर लुकिछिपी हिडेको प्रहरीले बताएको छ । साविक चोगमागुमा स्थायी घरभई फिदिम–१, का वासिन्दा नेपाली बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए। २०६२ सालमा करणी गरेर फरार भए पनि जिल्ला अदालत पाँचथरले उनलाई २०६९ सालमा पाँच बर्ष कैद सजाय सुनाएको थियो। फरार अभियुक्तको खोज गर्ने क्रममा उनलाई प्रहरीले फेला पारेको हो। ३२ वर्षीय नेपाली पक्राउ परेपछि थप दुई अभियोग खुलेको छ। दोहोरो नागरिकता र कर्तव्य ज्यान गरी श्रीमतीको हत्या गरेको अभियोगसमेत खुलेको प्रहरीले जानकारी गराएको छ। नेपालीले २०७१ फाल्गुन २८ गते मोरङको मधुमल्ला–५, मा आफ्नी श्रीमतीलाई कर्तव्य गरी हत्या गरेको आरोप लागेको छ। इलाका प्रहरी कार्यालय उर्लावारी मोरङमा धनवहादुर दर्जीको जाहेरीका आधारमा खोजीमा लागेका सई जसवहादुर लिम्बूले बताए । पक्राउ परेका प्रतिवादीले दोहोरो नागरिकता बनाएको पाइएको छ । चन्द्र वहादुर शिवा नेपालीको छोराको रुपमा २०५१ सालमा जिल्ला प्रशासन कार्यालय पाँचथरवाट सन वहादुर नेपाल (शिवा) को नामवाट उनले नागरीकता लिएका थिए । करणीको अभियोगमा परेपछि उनले झापावाट पुनः नयाँ नाममा नागरीकता लिएको खुल्न आएको हो। जिल्ला प्रशासन कार्यालय झापावाट कुलबहादुर पोखरेल (दर्जी)लाई बावु बनाई तोपगाछि–७, वाट अनिल पोखरेलको नाममा २०६९ सालमा २०३७ वैशाख १४ गते जन्म मिति बनाई नागरीकता लिएको पाइएको डिएसपी कोइरालाले बताए । उनलाई कर्तव्य ज्यानको मुद्दा मोरङमा र नागरीकताको मुद्दा झापामा चल्ने उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments