Incident Reports

नेपालको संविधान दुई तिहाइ बहुमतद्वारा पारित

2015-09-17

Bagmati, Kathmandu, Kathmandu, Ward 10

रामवरण यादवले संविधान जारी गर्नेछन्। संविधान जारी गर्नका निम्ति अन्तिम संविधानसभा बैठकमा राष्ट्रपतिको स्वागतका लागि भवन सजिसजाउ गर्ने कार्यक्रम पनि रहेको छ। संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सङ्ख्या ३१ रहेकामा त्यसमध्ये १० राजनीतिक दल र एक जना स्वतन्त्र सभासद् चन्द्रेश्वर झा संविधानसभा बाहिर छन् । सङ्घीय समाजवादी फोरम नेपालका १५, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका १४, तराई मधेस लोकतान्त्रिक पार्टीका ११, सद्भावना पार्टीका ६, नेपाल सद्भावनाका १ , तराई मधेस सद्भावना पार्टीका ६, थरुहट तराई पार्टीका २, राष्ट्रिय मधेस समाजवादी पार्टीका ३, जनअधिकार फोरम गणतान्त्रिकका १, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका (थरुहट) १ सभासद् हालको संविधानसभाको प्रक्रियाबाट बाहिर छन्। संविधानसभामा ६०१ सभासद् रहने संवैधानिक व्यवस्था रहेकामा मन्त्रिपरिषद्बाट मनोनित हुन २ जना बाँकी रहेको तथा पूर्व प्रधानमन्त्री एवम् सभासद् सूर्यबहादुर थापाको निधनपछि राप्रपाका एक जना सभासद् मनोनयन हुन सकेको थिएन। आनुषङ्गिक सुधार गर्ने अधिकार संविधानसभाका अध्यक्षलाई यसैबीच, संविधानसभा कार्य सञ्चालन नियमावली, २०७० अनुसार आनुषङ्गिक सुधार गर्ने अधिकार संविधानसभाका अध्यक्षलाई प्रदान गरेको छ । सभाबाट पारित संविधानको विधेयकमा धाराको क्रम सङ्ख्याको सम्बन्धमा र अन्य सामान्य विषयमा सुधार नगरी नहुने कुनै त्रुटि देखिएमा सोको आनुषङ्गिक सुधार गर्न संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापति पदेन सभापति तथा कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षद्वारा मनोनित चार जना सदस्य रहेको एक समिति गठन गरिएको छ । सो समितिमा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला, अग्नि खरेल, गिरिराजमणि पोखरेल र कुन्तिकुमारी शाही रहने गरी तोकिएको छ । सो समितिको सिफारिसमा अध्यक्षले सभाबाट पारित भइसकेको संविधानको विधेयकमा आवश्यक देखेमा विधेयकका धाराको सङ्ख्याको क्रम मिलाउन र आवश्यक आनुषङ्गिक सुधार गर्न सक्ने व्यवस्था रहेको छ।

0 Comments

Related Trend Analysis