Incident Reports

भारतबाट पेस्तोल र गोली लिएर आएका एकजना पक्राउ

2015-09-15

Madhes, Siraha, Lahan

 सिरहा नगरपालिका–१७ स्थित मार्डरबाट सशस्त्र प्रहरीले ९ एमएमको पेस्तोल र गोलीसहित एक युवकलाई पक्राउ गरेको छ । सीमा सुरक्षा कार्यालय सिरहाबाट खटिएको टोलीले चेकजाँचका क्रममा सिरहा ईटारीप्रसाई गाविस ७ बस्ने २८ वर्षीय लेखनाथ यादवलाई एक थान ९ एमएमको घरेलु मेड पेस्तोल र ७ राउण्ड गोलीसहित पक्राउ गरेको हो । यादव स२प २५२६ नम्बरको मोटरसाइकलमा चढी बुधबार भारतीय बजारबाट आउदै गर्दा पक्राउ परेका हुन् । प्रहरीले उनी सवार मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

0 Comments