Incident Reports

सामूहिक बलात्कार घटनाका आरोपितहरू अदालतको आदेशमा रिहा

2015-09-17

Province 1, Dhankuta, Dhankuta

२० वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा थुनामा रहेका भारतको अरेरिया जिल्ला जोगमनी नपा-११ का २३ वर्षीय राजेशकुमार शाह, सोही स्थानका १८ वर्षीय विशाल राय, मोरङ जिल्ला विराटनगर उपमनपा-३ का ४० वर्षीय चन्दन यादव जिल्ला अदालतको आदेशमा भदौ ३१ गते रिहा भएका छन् । धनकुटाको भेडेटारस्थित एक होटलमा ०७१ चैत्र २३ गते पीडितलाई ल्याएर सामूहिक बलात्कार गरेको आरोपमा वैशाख २० गतेदेखि जिल्ला कारागारमा पुर्पक्षको लागि थुनामा रहेका आरोपितहरूलाई जिल्ला अदालतले निर्दोष ठहर गर्दै थुना मुक्त गर्न आदेश दिएको हो । पीडित महिलालाई ललाइफकाइ होटलसम्म ल्याउने कार्यमा संलग्न रहेको आरोपमा महिला बोधे गाविस-३ घर भई हाल धरान उपमहानपा-१६ बस्ने ३३ वर्षीया पुण्यकुमारी खड्का (प्रर्मिला) लाई पनि निर्दोष ठहर गर्दै अदालतले रिहा गर्न आदेश दिएको छ । प्रहरीले उनीविरुद्ध मानव बेचबिखन तथा जबरजस्तीकरणी अन्तर्गतको मुद्दा दायर गरेको थियो । पीडितको मौखिक उजुरीको आधारमा चैत्र २३ गते नै घटनास्थलबाट नै गिरफ्तार गरिएका आरोपितहरूलाई पीडितले चैत्र २४ गते जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीको आधारमा चैत्र २५ गते जबरजस्ती करणी अन्तरगतको मुद्दा दायर गरेको थियो । पीडितको चैत २३ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।

सन्तोष रुचाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments