Incident Reports

भाटा प्रहार गरी सुत्केरी पत्नीको हत्या

2015-09-17

Province 1, Dhankuta, Dhankuta, Ward 3

धनकुटा नपा-८ चाम्जिबुङका ३६ वर्षीय रस्तबहादुर राईले पत्नी ३२ वर्षीया शान्ति राईको भदौ ३१ गते राति हत्या गरेका छन् । घरायसी विवादको क्रममा आरोपित राईले १५ दिनको सुत्केरी पत्नीलाई बाँसको भाटा प्रहार गरी घाँटी थिचेर हत्या गरेका हुन् । मृत्तकको देब्रे आँखा फुटेको र घाँटी लगायत शरीरका विभिन्न भागमा नीलडाम रहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर डम्बरबहादुर खड्काले बताए । छोरी जन्माएको विषयमा विवाद हुदाँ पत्नीको हत्या गरेको प्रहरीले बताएको छ । घटनापछि आरोपित फरार रहेका छन् । मृतक राईको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ । मृत्तकको आफन्तले जाहेरी दिएपछि भोलि कानुनी प्रक्रिया अगाडी बढाइने र पोष्टमार्टम पनि गरिने इन्सपेक्टर खड्काले बताए । फरार आरोपित खोजी कार्य तीब्र पारिएको पनि प्रहरीले बतायो । नाबालिका सहित तीन छोरीहरू आफन्तको जिम्मामा रहेका छन् । Update...... धनकुटा-८ मा १५ दिनको सुत्केरी श्रीमतीको हत्यागरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।हत्यामा संलग्न राईलाई हिजो याक्तेको जंगलबाट पक्राउ गरिएको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC

0 Comments