Incident Reports

नेपालगञ्जमा निषेधाज्ञा हटाइयो

2015-09-20

Lumbini, Banke, Nepalgunj

स्थानीय प्रशासनले असोज ३ गते १० बजेदेखि लागु हुने गरी नेपालगन्ज क्षेत्रमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा हटाएको छ । जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै भदौ १८ गते राती ९ बजेबाट लागु हुनेगरी राँझा चोकदेखि दक्षिण जमुनाहा सम्म, पूर्वमा फुल्टेक्रादेखि पश्चिममा नन्दनी मिलसम्म निषेधाज्ञा लगाइएको थियो । निषेधाज्ञा जारी भएको क्षेत्रमा सभा सम्मेलन गर्न नपाइने, भेला तथा सामूहिक हिँडडुलमा रोक लगाए पनि धार्मिक कार्यमा भने रोक लागएको थिएन । असोज २ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा सबै पक्षबाट निषेधज्ञा हटाउने भन्ने कुरा आएसँगै हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

0 Comments