Incident Reports

रौतहटको गरुडा तनावग्रस्त, प्रहरी गोलीबाट ६ घाइते, कर्फ्यु अादेश

2015-09-21

Madhes, Rautahat, Garuda, Ward 4

रौतहटको गरुडा बजारमा प्रहरी र प्रर्दशनकारीबीच भएको झडपमा प्रहरीले चलाएको रबरको गोली लागी ६ जना घाइते भएका छन्। घाइतेहरुको स्थानीय क्लिनिकहरुमा उपचार भइरहेको छ। गोली लागी घाइते हुनेहरुमा गरुढा–४ का अरविन्द राय यादव, सिकित राय, अशोक साह, इन्द्रदेव पण्डित लगायत ६ जना छन्। उनीहरुको बीके मेडिकल क्लिनिक र अनामिका क्लिनिकमा उपचार भइरहेको छ। मुख, खुट्टा र शरीरका विभिन्न भागमा रबर बुलेट लागेर घाइते भएका उनीहरुको स्थिति स्थिति खतरामुक्त रहेको डा. बीके चौधरीले नागरिकन्युजलाई बताए। नेपालको संविधान–२०७२ मा मधेसको माग सम्बोधन नगरेको भन्दै गाउँगाउँबाट आएका प्रर्दशनकारीले संविधानको प्रति जलाउन थालेपछि झडप भएको थियो। स्थानीय प्रशासनले घोषणा गरेको दंगाग्रस्त क्षेत्रमा प्रर्दशनकारीहरुले संविधान जलाउदै जलुस प्रदर्शन गरेका थिए। जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेपछि प्रर्दशनकारीले ढुंगामुढा गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास तथा रबरको गोली प्रहार गरेको हो। प्रर्दशनकारीले प्रहरीमाथि ढुंगामुढा गर्नथालेपछि भीडलाई तितरवितर पार्नका लागि करिव छ दर्जन भन्दाबढी अश्रुग्यास र दर्जन बढी रबरको गोली प्रहार गरेको संयुक्त्त लोकतान्त्रिक मधेशी मोर्चाका स्थानीय नेता राजकुमार दासले दाबी गरे। दिउसो २ बजेदेखि जारी रहेको झडप कर्फ्युपछि केही साम्य भएको छ। प्रर्दशनकारीले दंगाग्रस्त क्षेत्र तोडेर प्रहरी माथि ढंगामुढा गर्न थालेपछि झडपमा तीन प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए। कर्फ्यु अादेश यसैबीच स्थानीय प्रशासनले गरुडामा तनाब कम नभएपछि कर्फ्यु आदेश जारी गरेको छ । दुई घन्टादेखि प्रदर्शनकारी र प्रहरीबीच झडप नरोकिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले गरुडा चौकदेखि पूर्वमा पाँच सय मिटरसम्म, पश्चिममा झाँझ खोला, उत्तरमा प्रहरी स्कुल र दक्षिणमा झाँझपुलसम्म साँझ पाँचबजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Curfew/prohibitory order issues by the state
Weapons Small arms
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 6
National/Online Media

0 Comments