Incident Reports

भारतीय ‘हस्तक्षेप’ विरुद्ध भृकुटीमण्डपमा युवाहरुको प्रदर्शन

2015-09-23

Bagmati, Kathmandu, Kathmandu

भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै युवाहरुले काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका छन् । ‘ब्याकअफ इण्डिया’ लेखिएको प्लेकार्ड र राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुले भारत विरुद्ध नाराबाजीसमेत गरे । एउटा छिमेकी देशले अर्को छिमेकी देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै सामाजिक सञ्जालमा समेत चर्को विरोध भैरहेको छ । बुधबार विहान वाम पार्टीसम्बद्ध युवाहरु र केही स्वतन्त्र युवाहरु समेत विरोध प्रदर्शनका लागि भृकुटीमण्डपमा भेला भएका थिए । ‘व्याकअफ इण्डिया’ लेखेको प्लेकार्ड छातिमा टाँसेका उनीहरुले ‘आन्तरिक मामला हल गरौं, भारतीय हस्तक्षेपको विरोध गरौं’ भन्ने नारा लगाएका थिए । कार्यक्रममा मोहन वैद्य नेतृत्वको माओवादी युवा नेता लेखनाथ न्यौपानेले संविधान निर्माणमा कसैको समर्थन र कसैको विरोध भए पनि भारतीय हस्तक्षेप विरुद्ध सबै एकठाउँ उभिनुपर्छ भनेर आफू स्वतःस्फूर्त प्रदर्शनमा सहभागी भएको बताए । कार्यक्रममा एमालेसम्बद्ध विद्यार्थी नेता राजकुमार राई, एमाओवादी सम्बद्ध विद्यार्थी नेताहरू जागृत रायमाझी, रंजित तामाङ र सुरेन्द्र बस्नेत तथा वैद्य माओवादीसम्बद्ध विद्यार्थी नेता विरेन्द्र बस्नेतलगायत पनि सहभागी थिए । उनीहरुले सामाजिक संजालमार्फत् विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेको देखेर आफूहरु भारतीय हस्तक्षेप विरुद्ध भृकुटीमण्डपमा भेला भएको बताए । कार्यक्रममा कुनै पनि राजनीतिक दलको झण्डा वा ब्यानर राखिएको थिएन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments