Incident Reports

महिला बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-09-23

Gandaki, Baglung, Baglung, Ward 2

 २२ वर्षीया एक महिलालाई असोज ६ गते बलात्कार गरेको आरोपमा बागलुङ नपा-३ गुठीका ४६ वर्षीय डम्बरबहादुर खत्रीलाई सोही दिन जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । कोठामा बसिरहेकी पीडित महिलालाई आरोपितले ०७२ असोज ६ गते दिउँसो घरभाडा माग्ने बाहनामा कोठाभित्र प्रवेश गरी बलात्कार गरेको भन्दै पीडितले घटनालगत्तै सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितलाई असोज ७ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत ५ दिनको म्याद थप गरेर हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर अरुणकुमार भण्डारीले बताए । पीडित महिला र आरोपित दुवैको असोज ६ गते धौलागिरी अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनायो । सिर्जना पन्त
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments