Incident Reports

भारतद्वारा पेट्रोलियम पदार्थको आपूर्ति ठप्प, निगमका ड्राइभरमाथि कुटपिट

2015-09-24

Bagmati, Kathmandu, Kathmandu

नेपाललाई पेट्रोलियम पदार्थ बिक्रीको एकाधिकार प्राप्त इन्डियन आयल कर्पोरेसन (आइओसी)ले राजनीतिक तहमा समस्या समाधान गरेपछि मात्र नेपाल आयल निगमलाई आपूर्ति गर्ने जानकारी गराएको छ। भारतले नेपालतर्फ अस्थिरता भएका कारण सामग्री आपूर्ति गर्न नसकेको भने पनि यथार्थमा नाकाबन्दी लगाइसकेको छ। 'माथिबाटै कुरा गरेर आउनु होला,' इन्डियन आयल कर्पोरेसनका पदाधिकारीलाई उदृत गर्दै नेपाल आयल निगमका एक उच्च पदस्त अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा नागरिकन्युजलाई भने, 'हामीलाई तेल दिएकै छैन।' 'हामीले हाम्रा खाली ट्यांकरसमेत पारि (भारत)बाट नेपालमा सुरक्षित ढंगले ल्याउन पाएका छैनौं,' निगम स्रोतले भन्यो, 'हाम्रा ड्राइभरहरूको जीवनकै असुरक्षा भइरहेको छ। भारतीय प्रहरीले उनीहरूमाथि कुटपिट गरेका छन्।' भारत सरकारकै कम्पनी इन्डियन आयल कर्पोरेसनले राजनीतिक तहमा समस्या समाधान गरेर मात्र तेल दिन सकिने भनेपछि तेल आपूर्ति पूर्णतः ठप्प भएको छ। भारतलाई नेपालकै कारणले रोक लगाएको हो भन्न सजिलो हुनेगरी नाकामा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता बसेका छन्। 'आज सबै नाका बन्द छन्, तेलको आपूर्ति पनि ठप्प छ,' ती अधिकारीले भने। पञ्चायतका बेलासम्म नेपालले तेस्रो विश्वका मुलुकबाट कच्चा तेल किनेर आइओसीलाई प्रसोधन गर्न दिने गरेको थियो। मुलुकमा प्रजातन्त्र आएपछिका सरकारहरूले आफैं कच्चा पदार्थ नकिनी पूरै आइओसीमा निर्भर हुन थाले। नेपालले आइओसीबाहेक अर्को कम्पनीबाट तेल किन्न नपाइने गरी सम्झौता भएको तीन वर्ष भइसकेको छ। अझ पछिल्लोपटक तेल पाइपलाइनसम्बन्धी सम्झौता अनुसार आगामी २० वर्षसम्म नेपालले तेस्रो पक्षबाट तेल किन्न नपाउने सम्झौता समेत गरिसकेको छ। दुई सरकारबीचको सम्झौताअनुसार भइरहेको तेलको कारोबारमा नाकाबन्दी गरेको नभनी भारतीय पक्षले विभिन्न बहानाबाजी बनाएको छ। कहिले कागज मिलेन, कहिले इन्टरनेट डाउन भएकोजस्तो बहाना बनाउँदै आएको थियो। 'हामीलाई त्यहाँ फसेका खाली गाडी र ड्राइभरहरूलाई कसरी रेस्क्यु गर्ने भन्ने समस्या भएको छ,' निगमका ती अधिकारीले भने।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Program Interference/Obstruction
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments