Incident Reports

सप्तरीको भारदहमा रोकिराखेको गाडीमा तोडफोड, तीन जना घाइते

2015-09-27

सप्तरीको भारदहमा प्रहरीले स्कर्टिङ गरेर रोकिराखेको गाडीमा तोडफोड हुँदा तीन जना घाइते भएका छन् । शनिबार राति रोकिएका गाडीमा प्रदर्शनकारीले ढुंगा हान्दा सप्तरी गमरियाका १३ वर्षका गौतमकुमार यादव, झापा काकडभिट्टाका ३७ वर्षका पदमबहादुर दास र मकवानपुर फापरबारीका २५ वर्षका राजकुमार लोप्चन घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये यादवको विराटनगरमा तथा दास र लोप्चनको धरानमा उपचार भैरहेको छ । घटनामा कति गाडी तोडफोड भए भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । व्यवसायीले भने ६०/७० वटा गाडी तोडफोड भएको बताएका छन् । शनिबार राति पश्चिमबाट दुई सय ७२ वटा गाडी स्कर्टिङ गरेको प्रहरीले जनाएको छ । यसैबीच प्रहरीको स्कर्टिङ प्रभावकारी नभएको यातायात व्यवसायीले गुनासो गरेका छन् । त्रासमा गाडी चलाउन परेको उनीहरुको भनाई छ । यस्तै उज्यालो भएपछि गाडी चलाउन अवरोध हुँदा स्किर्टिङ गरिएका गाडीबा यात्रुलाई गन्तव्यमा पुग्न सास्ती भएको छ । तराईका विभिन्न जिल्लामा लगातार बन्द भएपछि राती प्रहरीको स्किर्टिङमा गाडी चल्ने गरेका हुन् । दिउँसो भने गाडी चल्न सकेका छैनन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Total Injured 3
Youth Injured 2
National/Online Media

0 Comments

Related Trend Analysis