Incident Reports

भारतीय नाकाबन्दीविरुद्ध दाङमा विद्यार्थीको प्रदर्शन

2015-09-29

Lumbini, Dang, Tulsipur

भारतीय नाकाबन्दीको बिरोधमा आज विहान दाङका बिद्यार्थीहरुले सदरमुकाम घोराहीमा प्रदर्शन गरेका छन् । ‘भारतीय हस्तक्षेप बन्द गर’ भन्ने नारा लगाउँदै उनीहरुले घोराही बजार परिक्रमा गरेका थिए । निधारमा कालोपट्टी बाँधेका युवा बिद्यार्थीहरुले हस्तक्षेपप्रति सचेत पार्न सिट्ठी बजाउँदै प्रदर्शन गरेका थिए । भारतले अन्तर्राष्ट्रिय सन्धी सम्झौताविपरीत नाकाबन्दी गरेको भन्दै उनीहरुले तत्काल नाका खुला गर्न माग गरेका थिए । नेपालको संबिधान निर्माण गर्ने अधिकार नेपाली जनतालाई भएको उल्लेख गर्दै उनीहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments