Incident Reports

ग्यासमा कालोबजारी गर्ने दुर्इ व्यापारी पक्राउ

2015-10-01

Bagmati, Kathmandu, Kathmandu, Ward 1

खाना पकाउने ग्यासको अभाव भएको अवस्थाको गलत फाइदा उठाई बालोबजारी गरेको आरोपमा चितवनमा दुईजना ग्यास विक्रेता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज दिएको जानकारी अनुसार उनीहरुलाई पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा भरतपुर– ६ बस्ने ५१ वर्षीय कृष्णप्रसाद सापकोटा र भरतपुर– १० स्थित डिपी सप्लायर्सका सञ्चालक ध्रुव पौडेल रहेका छन् । चितवन ग्यास प्रालिका सञ्चालक कृष्णप्रसाद सापकोटाले आफ्नो घरमा ग्यास लुकाएर राखी कालो बजारी गरी बजार मूल्यभन्दा महँगो मूल्यमा बिक्री गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले प्रतिसिलिन्डर रु पाँच हजारका दरले बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा छापा मार्दा ग्यास वितरण गर्दै गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । सो क्रममा लुकाई राखेको ग्यास सिलिन्डर १० थान बरामद गरी ल्याइएको प्रहरीले जनाएको छ । यस्तै ध्रुव पौडेलले पनि कालोबजारीमा ग्यास बिक्री गरिरहेको अवस्थामा फेला पारी पाँच सिलिन्डर ग्याससमेत बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई कालोबजारीअन्तर्गत म्याद थप गरेर कारबाही थालिएको प्रहरीले जनाएको छ । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments