Incident Reports

मोर्चाहरुको आव्हानमा सबैभन्दा ठूलो मानव सांग्लो

2015-10-02

Madhes, Saptari, Shambhunath, Ward 7

मधेशवादी मोर्चाहरुको आह्वानमा मेचीदेखि माहाकालीसम्म हुलाकी राजमार्गमा मानव साङ्गलो बनाउन पर्सा र बारामा सबै उर्लिएका थिए। बिहीबार दिउँसो १ बजेदेखि २ बजेसम्म उनीहरु एकअर्काको हातमा हात जोडेर सांगलो बनाउँदै एक घण्टा प्रदर्शन गरे। सांग्लोमा गाउँगाउँबाट किसान, महिला र किशोर किशोरीदेखि शहरका डाक्टर, इन्जिनियर, प्रध्यापक, शिक्षक, ब्यपारी बुद्धिजीवि सबैको सहभागिता थियो। वीरगन्जमा यस प्रदर्शनमा सामेल हुन आइपुगेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले यसलाई अन्तिम लडाइको लागि यो किर्तिमानी मानव सांग्लो खडा गरिएको बताए। ‘यो साँगलो सत्तामा रहेकाहरुको लागि मधेशी र थारु बिचको एकता र शक्तिको प्रतीक हो,’ महतोले भने ‘यो मानवपर्खाल राज्यसात्ताको लागि चुनौति हो।’ उनले करिब १५ लाख निहत्था सर्वसधारणले करिब ११ सय किलोमिटर यस मानव सांग्लोमा सहभागि भएको बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Madhes-based Parties , Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis