Incident Reports

जलेश्वरमा जारी कर्फ्यू हट्यो, निषेधित क्षेत्र कायमै

2015-10-03

Madhes, Mahottari, Jaleswor, Ward 6

स्थानीय प्रशासनले महोत्तरी सदरमुकाम जलेश्वरमा भदौ २३ गतेदेखि लगाउँदै आएको कर्फ्यू हटाएको छ । यद्यपि रेडक्रसदेखि खैराचोकसम्मको प्रशासनिक क्षेत्र तथा महेन्द्रचोकदेखि जिल्ला प्रहरी कार्यालय, अदालत, कारागारदेखि पाँच सय मिटर अस्पताल जाने बाटोमा लगाइएको अनिश्चितकालीन निषेधित क्षेत्र भने कायमै राखिएको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जानकारी दिएका छन् । मन्त्रिपरिषद्को असोज १४ गते बसेको बैठकले जिल्लामा लगाइएको कर्फ्यू हटाउने निर्णयगरे पश्चात महोत्तरीको कर्फ्यू हटाइएको हो । त्यसैगरी तराई मधेशमा जारी आन्दोलनका कारण नेपाल-भारत जिल्लास्तरीय बैठक अनिश्चित बनेको छ । महोत्तरी, सर्लाही र रौतहट जिल्लासँग जोडिएको भारत बिहार सीतामढी जिल्लाको जिल्लास्तरीय बैठक सीतामढीमा तथा महोत्तरी, धनुषा र सिरहासँग जोडिएको भारत बिहार मधुवानी जिल्लाको जिल्लास्तरीय बैठक मधुवनीमा हुनुपर्ने समय नजिकिएपनि अनिश्चित बनेको छ । प्रमुख जिल्ला अधिकारी काफ्लेले प्रत्येक वर्षअसोज महिनामा सीमा अन्तर्गतको जिल्लास्तरीय बैठक पहिले नै निश्चित भएपनि आन्दोलनका कारण अनिश्चित बनेको बताए । दशैँको बेलामा हुन सक्ने सीमा अपराध, शान्ति सुरक्षा सहितका समस्यामा समीक्षा तथा रणनीति तयार हुने गरेकोमा यसवर्षसो बैठक नहुने प्रायः निश्चित भएको प्रमुख जिल्ला अधिकारी काफ्ले जनाए । यता विगत ४९ दिनदेखि जारी मधेस बन्दले मधेशको जनजीवन पूर्णतः प्रभावित बनेको छ । अचेल सबैको एउटै प्रश्न छ, 'बन्द कहिले खुल्छ ?' अजय साह
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments