Incident Reports

मधेसी मोर्चाका कार्यकर्ता र गाउँलेबीच झडप

2015-10-04

Lumbini, Rupandehi, Siddharthanagar

नवलपरासीको पक्लिहवास्थित सीमावर्ती भारतीय बजारबाट दैनिक उपभोग्य सामाग्री ल्याउन नदिएपछि स्थानीयवासी मधेसी मोर्चाका कार्यकर्तामाथि खनिएका छन् । सीमावर्ती क्षेत्र पक्लिहवा–१ स्थित नठही नगरमा बसेर शनिवार गाउँलेले ल्याएका दैनिक उपभोग्य सामाग्री मोर्चाका कार्यकर्ताहरुले फ्याकेपछि झडप भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलाटारीका निरीक्षक जगतबन्धु पोखरेलका अनुसार सीमावर्ती भारतीय बजार बलिनगरबाट पक्लिहवा र नर्सहीका स्थानीयवासीहरुले ल्याउँदै गरेको दैनिक उपभोग्य सामाग्रीलाई मोर्चाका कार्यकर्ताहरुले फ्याकिदिएपछि झडप भएको हो । सो क्रममा तमलोपाका बरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीका स्वकीय सचिव करम हुसेनसहित पाँचजना सामान्य घाइते भएका थिए । झडपमा संलग्न स्वकीय सचिव हुसेनले भने केही व्यक्तिले नाकाबाट मोटरसाइकलमा पेट्रोल लिएर आएपछि रोक्न खोज्दा सामान्य झडप भएको बताएका छन् । उक्त नाकाबाट भारतीय सुरक्षाकर्मीहरुले सामान ओसारपसारमा कुनै कडाई नगरेपनि नेपालतर्फमा बसेका मोर्चाका कार्यकर्ताहरुले अवरोध गरेको भन्दै त्यस्तो नगर्न स्थानीयले चेतावनी दिएका छन् । क्षेत्र नं. ६ मा पर्ने उक्त सीमा नाका र गाविसहरुमा नेपाली कांग्रेसको क्षेत्रिय समितिले संविधान निर्माण सम्बन्धि जागरण अभियान सञ्चालनसमेत गरेको छ । क्षेत्र नं. ६ का सभासद देवकरण जयसवालको नेतृत्वमा जनजागरण अभियान सञ्चालन हुन थालेपछि केही स्थानमा मोर्चाका कार्यकर्ताहरुले कार्यक्रमलाई बिथोल्न थालेका छन् । शनिवार नर्सहीमा भएको कार्यक्रमलाई मोर्चाका कार्यकर्ताहरुले बिथोल्न जाँदा तनावको स्थिति सृजना भएको थियो । संविधान सभा सदस्य जयसवालले भने कसैले बिथोल्दैमा आफ्ना कार्यक्रम नरोकिने भन्दै गाउँगाउँमा अन्र्तकृया र भेलामार्फत जागरण अभियानलाई तिव्ररुपमा अघि बढाईएको दावी गरेका छन् । संविधानसभा निर्वाचनमा क्षेत्र नं. ६ बाट तमलोपाका वरिष्ठ उपाध्यक्ष ह्दयश त्रिपाठी पराजित भएको क्षेत्र हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 5
National/Online Media

0 Comments

Related Trend Analysis