Incident Reports

विराटनगर नाकामा मध्यरातमा झडप, दुई राउन्ड हवाइ फायर

2015-10-05

Province 1, Morang, Biratnagar

विराटनगरको जोगवनी नाकाको दुई नम्बर ढाट अगाडी प्रदर्शन गरिरहेका मोर्चा कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरि मध्यरातमा हटाउन खोजेपछि झडप भएको छ । झडपमा परि मोर्चाका केही कार्यकर्ता घाइते भएको मोर्चा सम्बद्ध नेताहरुले दाबि गरेका छन् । जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रमोद खरेलका अनुसार स्थिति नियन्त्रणमा लिन २ राउन्ड हवाइ फायर गर्नु परेको थियो । साथै संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यद्वय भूराज राइ र रामविलास यादवलाई नियन्त्रणमा लिइएको छ । आइतबार दिउँसो भएको भारतका भन्सार अधिकारी र नेपालका अधिकारी लगायतका सुरक्षा निकाय सहित भएको दुईपक्षीय सहमतिमा नाकाको अवरोध हटाएर आवगमन सुचारु गर्ने सहमति भएको थियो । त्यसैले धर्नामा बसिरहेका कार्यकर्ता हटाउन प्रहरी मध्यरात धर्ना स्थल पुगेको हो । प्रहरीले बल प्रयोग गरि धर्नाकारीलाई भगाएपछि नेपालको भन्सार तर्फ १० दिन देखि रोकिराखिएको २१ ट्रक सामाग्री भित्रिएको छ । यस्तै भारत तर्फबाट पनि राति नै ७ ट्रक सामान आएको छ । तर, त्यसमा इन्धन भने छैन । मोर्चा सम्बद्ध नेताका अनुसार पुन: धर्ना दिनका लागि कार्यकर्ताहरु जम्मा भइरहेका छन् । केही बेरपछि पुन: नाका ठप्प पारिने उनको दाबि थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis