Incident Reports

क्षमायाचना गर्दै थारुवान दाङद्वारा बन्द हड्ताल फिर्ता

2015-10-05

Lumbini, Dang, Tulsipur

थरुहट/थारुवान संघर्ष समिति दाङले बन्द हड्तालका कार्यक्रम फिर्ता लिएको छ। थरुहट/थारुवान संयुक्त संघर्ष समिति प्रवक्ता प्रकाशकुमार चौधरीले विज्ञप्ति निकालेर सोमबार बेलुकी ५ बजेदेखि यातायात, बजार, सरकारी तथा गैरसरकारी कार्यालय खुल्ला रहन दिने बताएका हुन्। अबदेखि जनसभा र जनजागरणका कार्यक्रम मात्रै गरिने थरुहटले जनाएको छ । गत साउन २७ गतेदेखि आम हड्ताल गर्दै आएको संघर्ष समितिले एक सातादेखि राजमार्ग केन्द्रित आन्दोलन गर्दै आएको थियो। विज्ञप्तिमा हालसम्मको आन्दोलनका क्रममा सर्वसाधारणलाई परेको समस्याप्रति पनि क्षमायाचना गरिएको छ। थारुहरुको बाहुल क्षेत्रलाई समेटेर अलग प्रदेश बनाउनु पर्ने, जातीय जनसंख्याको आधारमा हरेक निकायमा पूर्ण समानपुपातिक समावेशीको सुनिश्चितता हुनुपर्ने लगायतका माग राखेर संघर्ष समितिले अान्दोलन गरिरहेको छ ।

0 Comments

Related Trend Analysis