Incident Reports

पारिजात अस्पतालको एम्बुलेन्स मोर्चाको नियन्त्रणमा

2015-10-08

Madhes, Mahottari, Mahottari, Ward 9

महोत्तरीको बर्दिबासस्थित पारिजात अस्पतालको एम्बुलेन्स संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यकर्ताले आज नियन्त्रणमा लिएका छन् । जिल्लाको सम्सी नाकाबाट बिरामी पु¥याई आज बिहान ११ बजे सो एम्बुलेन्स बर्दिबास फर्किरहेको थियो । नम्बर नखुलेको सो एम्बुलेन्सबाट बर्दिबासका लागि खाद्यान्न सामग्री ढुवानी गरिएको भन्दै मोर्चाका कार्यकर्ताले गौशाला नगरपालिका–८ स्थित निगौल चौकमा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । निगौल चौकमा धर्नामा बसिरहेका मोर्चाका कार्यकर्ताले सम्सीतिरबाट आएको सो एम्बुलेन्समा आलु र प्याजका बोरा भेटाएपछि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए । मोर्चाका कार्यकर्ताहरुद्वारा नियन्त्रणमा लिइएको सो एम्बुलेन्सलाई छाडिदिन प्रहरीले मोर्चाका नेताहरुसँग आग्रह गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis