Incident Reports

सुनौलीमा नाकामा मानिस हिँड्नसमेत रोक

2015-10-07

Lumbini, Rupandehi, Siddharthanagar, Ward 3

 नेपाल–भारत सुनौली नाकामा तैनाथ सुरक्षाकर्मीहरुले बुधवारदेखि मानिसलाई समेत आवत–जावतमा रोक लगाएका छन् । बुधवार वेलहिया नाकामा मधेशी मोर्चा र सुरक्षाकर्मीबीचको झडपपछि दुवैदेशका सिमावर्ती सुरक्षाकर्मीले आ–आफना देशका नागरिक एवं भौतिक सम्पतीको सुरक्षाको कारण देखाउँदै सर्वसाधारणलाई रोकेर फर्काउन थालेका हुन् । भारतीय भूमिमा नेपालीलाई मरणासन्न हुनेगरी कुटपिट भएको र मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुउतै सुनौलीमा भएकाले नेपाली सुरक्षाकर्मीहरुको बाक्लो भींडले कडा पहरेदारी गरिरहेको छ । भारतले १७ दिनदेखि नाकावन्दी गरी यसनाकामा मालवहाक गाडीहरु रोकिरहेको अवस्थामा बुधवारको घटनापछि मानिस आवतजावतमा समेत रोक लगाएको छ । भारत महारजगंजका डिएसपी पंकजकुमार सिंह र सिमावर्ती प्रहरी चौकीका सई भरत यादवको टोलीले भारतीय नागरिकहरुलाई नेपाल जान रोकेका छन् । यसैगरी नेपाल वेलहिया ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्रबाबु रेग्मी, भंसार राजस्व कार्यालयका संसस्त्र प्रहरी निरीक्षक तुल्सीराम पाण्डेको टोलीले नेपाली नागरिकलाई भारतमा असुरक्षा भएको बताउँदै सिमानाकाबाटै फर्काइरहेका छन् । पर्यटक, विरामी, ट्रेन एवम् बसको टिकट लिएका व्यक्तिबाहेक अन्य सबैलाई सम्झाई बुझाई फर्काउने काम दुवैतर्फबाट भईरहेको प्रहरी निरीक्षक रेग्मीले बताए । सिमाक्षेत्रमा भएको घटनालाई दृष्टिगत गरी बुधवार विहानदेखि साझसम्मै रुपन्देही जिल्लाका प्रहरी प्रमुख एसपी वृद्धिराज गुरुङ, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका ससस्त्र प्रहरी उपरीक्षक जिवी संग्रौला, भन्सार राजस्व गुल्म भैरहवाका सशस्त्र प्रहरी नायव उपरीक्षक शंकर खनाल र प्रहरी नायव उपरीक्षक महेन्द्र खड्का लगायतको कमाण्डमा सिमानाकामा सयाैं सुरक्षाकर्मी तैनाथ छन् । यसैगरी भारतमा पनि सिमा सुरक्षाबल एसएसवीका कमान्डेट केएस वनकोटी, सहायक डिएमलगायतका सुरक्षा अधिकारीहरुले पनि सिमानाका छोडेका छैनन । उनीहरु महाराजगंज जिला कार्यालय छोडेर सिमानाकाको दसगजामा वेस क्याममा मुकाम खडा गरी बसेका छन् । नेपालदेखि भारतको सुनौली तथा नौतुनामा बजार गर्न गएका नागरिकमाथि त्यसक्षेत्रका केहि व्यापारी एवं मधेशी मोर्चाका कार्यकर्ताहरुले दुव्र्यवहकार एवम् कुटपिट भएका घटनाप्रति नेपालीहरु चिन्तती हुनुका साथै आक्रोशीत बनेका छन् । बुधवार एकनेपाली युवा वेलहिया काठमाण्डौं रात्री वसका सहचालक कृष्ण विक्ष्टको हात काटेर दरगजामा फालिदिएपछि जीयधनको सुरक्षामा खतरा बढेको हो । यसअघि सुनौलीमा बजार गर्न गएका ५ जना नेपाली गृहणीहरुमाथि दुव्र्यवहार भएको थियो । भारतीय सेनामा कार्यरत भई घरविदामा नेपाल बुटवल देविनगर फर्कदै गरेका सेना गणेश थापा र अर्का एकजना ट्रक चालक सिमानामा कुटिएका छन् । यसैगरी दसैँ मनाउन गुल्मी घर आउदै गरेका एक लाहुरे नन्दराम पौडेलको एकलाख ६० हजार रुपैयाँ सिमापारी लुटिएको छ । यस्ता घटनाले सिमानाकामा रहेका दुवै देशका नागरिकहरु एकआपसमा त्रास एवं शंकालु बनेका छन् । दिनभर दसपटक सिमावारी पारी गर्ने दुवै देशका स्थानियहरु अहिले सिमानाका काट्न असुरक्षित ठानेका छन् । भारतीय नेपाल आउन र यता नेपालका पारी भारत जान डराईरहेको नेपाल भारत मैत्री समाजका अध्यक्ष डा. शान्तकुमार शर्माले जानकारीदिए । ‘एकअर्काप्रति शंका, आक्रोश एवं द्वेष मानसिकतामा देखिएका छन् । मोर्चाको नाकावन्दी एवं धर्नामा भएका घटनाले दुईदेशको सम्वन्धसंगै नागरिकहरुमा समेत फाटो ल्याउने काम गरेको छ । यो साह्रै दुःखद र गंभिर सवाल हो ।’ सिमा सुरक्षाबवल प्रमुख कमान्डेट एसके वनकोटीले असुरक्षाका कारण भारतका गाडी चालक र मान्छेहरु पनि अगाडी नेपालतर्फ जान डराइरहेको बताए । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भारतले मोर्चालाई आफनो भूमि प्रयोग गर्न दिएको र अपराधिक क्रियाकलापका कारण मानिसहरुमा डरत्रास एवम् असुरक्षा बढेकाले भारतले नाकावन्दी फिर्ता गरी फटाफट गाडी पठाउन थाले सबै ठीक हुने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Group of civilians (only Target) APF
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Trend Analysis