Incident Reports

मोर्चाका कार्यकर्ताले रोके चिनीका ट्रक

2015-10-09

Madhes, Mahottari, Gaushala

महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलबाट आज बिहान काठमाडौँ लैजान लागेको तीन ट्रक चिनी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले रोकेका छन्। विगत ५६ दिनदेखि मधेसमा जारी अनिश्चितकालीन बन्दको बाबजुद चिनी मिलका प्रशासनले चिनी मिलबाट तीन ट्रक चिनी काठमाडौँ पठाउन लागेको थाहा पाएपछि मोर्चाका कार्यकर्ताले चिनी लोड गरेका ट्रकलाई रोकेका हुन्। मोर्चामा आबद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका नेता रामनरेश कुशवाहको नेतृत्वमा गएका मोर्चाका कार्यकर्ताले रामनगर चिनी मिलदेखि पूर्वपश्चिम लोकमार्गलाई जोड्ने जङ्गलको बाटोसम्म दर्जनौँ रुख काटेर बाटो अवरुद्ध गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Secondary Form Strike/Bandh
Primary Cause Law and Order Violence
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis