Incident Reports

सद्भावको लागि हातेमालो

2015-10-09

Bagmati, Kathmandu, Kathmandu

देशका विभिन्न भागमा चर्किएको आन्दोलनका कारण समाजमा ध्रुवीकरण भएको भन्दै शुक्रबार बिहान राजधानीको माइतीघर मण्डलामा सद्भावको लागि हातेमालो कार्यक्रम आयोजना गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आह्वान भएको कार्यक्रममा सहभागीहरु माइतीघरदेखि बिजुलीबजार क्षेत्रसम्म एक अर्काको हात समाएर सडक वरपर उभिएका थिए । कार्यक्रमका अभियन्तामध्येका एक प्रदीप खतिवडाले अहिले देखिएको सामाजिक ध्रुवीकरण कम र सद्भाव कायम गर्न युवाहरुले प्रयास गरेको बताए ।

0 Comments