Incident Reports

बीरगन्जमा धोती जुलुस प्रदर्शन

2015-10-10

Madhes, Parsa, Birgunj, Ward 2

मधेस बन्दको दुई महिना पुग्नै लाग्दा पनि सरकारले माग सम्बोधन नगरेको भन्दै संघिय समावेसी मधेसी मोर्चा पर्साले वीरगन्जमा शुक्रबार अर्धनग्न धोती जुलुस प्रर्दशन गरेको छ । मधेस आन्दोलनको ५६ दिन बितिसक्दा पनि नेपाल सरकारले मुलुकको आधा जनसंख्याको भावनालाई कदर नगरी नयाँ सरकार गठनको खेलमा लागेकाले व्यागांत्मक अर्धनग्न प्रर्दशन गरेको मोर्चाका नेताहरुले बताएका छन् । यहाँको घण्टाघरबाट निस्केको जुलुसले 'मधेसको मााग पुरा गर, मधेस बिरोधी संविधान संशोधन गर, मधेसी एकता जिन्दाबाद' जस्ता नारा लगाउँदै नगरपरिक्रमा गरेको थियो । मोर्चाका एक घटक नेपाल सदभावना पार्टीका केन्दि्रय सदस्य शिव पटेलले अधिकार प्राप्तिको लागि आफनै देश भित्र देशको आधि जनसंख्या भएका मधेसी समुदायहरुले दुई महिना देखि आन्दोलन गरिरहेको तर नेपाल सरकार तथा यहाँका तिन ठुला दलका प्रमुखहरुले वेवास्ता गरी सत्ताको खेलमा लाग्नु नेपालकै लागि दुर्गभाग्य भएको बताए । 'अब पनि आन्दोलनलाई चाँडै सम्बोधन नगरिए देश गम्भिर संकटमा जान्छ,' उनले भने । मधेसको मात्र हाईन पुरै नेपालको जनजीवन प्रभावित भईरहेको वर्तमान अवस्थामा सरकारलाई अबिलम्ब होसमा आउन आग्रह समेत गरेका थिए । अर्धनग्न जुलुसमा नेकपा माओवादीका पर्सा संयोजक छोटेलाल यादव, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बिरेन्द्र यादव, शशि कपुर मियाँ, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष प्रेमबाबु पटेल, नेपाल समाजवादी पार्टी लोहीवादीका अजय गुप्ता, नन्दन यादव लगायत नेता कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis