Incident Reports

मोटरसाइकल आगजनीमा एक घाइते, दुई पक्राउ

2015-10-10

Madhes, Parsa, Birgunj

वीरगञ्ज– उपमहानगरपालिका–१७ गण्डक सिँचाई कार्यालयअगाडि मधेसी मोर्चाका कार्यकर्ताले शनिबार ना.३ प ८३१५ नम्बरको मोटरसाइकलमा पेट्रोल खन्याई आगजनी गरेका छन्। आगोले जलेर मोटरसाइकल चालक बारा गढिमाई नगरपालिका–३ स्थित अगरबत्ती कारखानामा काम गर्ने सुनसरी दुहबीका ५० वर्षीय अशोक ढुंगाना घाइते भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। उनलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा लगिएको प्रहरीले जनाएको छ। आगजनीबाट मोटरसाइकल पूर्णरुपमा जलेर क्षति भएको छ । आगजनी गर्ने बारा बहुअरी–१२ बस्ने ३० वर्षीय वृषकिशोर यादब र ३३ वर्षीय सुरेन्द्र पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis